दोरम्बा शैलुङ गाउँपालिकाले ६२ करोड ८३ लाखको बजेट ल्यायो

  • प्रकाशित मिति: शनिबार, असार १२ २०७८
  • तामाकोशी

रामेछाप । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ६२ करोड ८३ लाख रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानको अध्यक्षतामा बसेको नवौ गाउँसभामा उपाध्यक्ष कृशला घिसिङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा आयतर्फ संघीय सरकारबाट वित्तीय समानीकरणतर्फ १२ करोड ७३ लाख रुपैयाँ, राजश्व बाँडफाँडबाट ७ करोड ४७ लाख ९० हजार रुपैयाँ‚ सशर्त अनुदान २० करोड ४९ लाख रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानिकरणतर्फ १ करोड ६४ लाख ४८ हजार रुपैयाँ, प्रदेश सरकार सशर्ततर्फ १ करोड १० लाख ५७ हजार रुपैयाँ, सामाजिक सुरक्षा तर्फ ९ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी प्रदेश सरकार समपुरकबाट प्राप्त दुई करोड ९९ लाख ९७ हजार रुपैयाँ, चालू आर्थिक वर्षमा खर्च नभई बाँकी रहेको रकम करिब तीन करोड रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त हुने सवारीसाधन करबापत २ करोड २६ लाख ८२ हजार १ सय ५३ रुपैयाँ २० पैसा , प्रदेश तथा स्थानीय सरकार सहयोग कार्यक्रमका लागि ३ लाख ८२ हजार रुपैयाँ र आन्तरिक आय ३० लाख रुपैयाँको विनियोजन गरिएको बजेटमा उल्लेख गरिएको छ । विनियोजन तर्फ चालु तर्फ १६ करोड ९७ लाख ९० हजार रुपैयाँ र पुँजीगततर्फ ४५ करोड ८५ लाख ६६ हजार १ ५३ रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष घिसिङले प्रस्तुत गर्नुभएको नीति कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ ।