खिमलालको मतभार ५०८८ बादलको ४०१४, बादल पराजित

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ ६ २०७८
  • तामाकोशी

काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनमा गठबन्धनका उमेदवार खिमलाल देवकोटा विजयी भएका छन् ।

कलम चिह्न लिएर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादीको मोर्चाबाट उमेदवार बनेका देवकोटा विजयी भएका हुन् । उनले एमालेका उमेदवार रामबहादुर थापा बादललाई पराजित गरे ।



खिमलालले ५०८८ मतभार ल्याएर विजयी भएका छन् भने बादलले ४०१४ मत पाए ।