रामेछाप । फागुन २० गते,
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू को हो भन्ने कुरा तराईका जनताले बुझिसकेका बताउनुभएको छ । सिन्धुलीमा आयोजित सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई मधेस विरोधी भन्नेहरूलाई काम गरेर देखाइदिएको बताउनुभयो । केही व्यक्तिहरूले केपी ओलीलाई मधेस पस्न नदिने भनेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले केपी ओलीलाई मधेस पस्न नदिएपनि केही छैन, केपी ओलीले मधेसमा पानी पस्न दिनेछ, सुख्खा खेतलाई चिसा बनाइदिनेछ, खेत भिजाइदिनेछ भन्नुभयो । पहाड र तराईलाई जोड्न सुनकोशी–मरिण डाइभर्सन कोशेढुंगा भएको प्रधानमन्त्रीले बताउनुभयो । आयोजना निमार्णका लागि सहज वातावरण बनाएकोमा उहाँले सिन्धुली र रामेछापबासीलाई धन्यवाद् दिनुभयो । सो आयोजना सम्पन्न भएपछि तराईका जिल्लामा १ लाख २२ हजार बिघा जमिनमा सिँचाइ र ३१ मेगावाट विद्युत् उत्पादन हुने उहाँले बताउनुभयो ।
पहाड र तराईलाई जोड्न सुनकोशी–मरिण डाइभर्सन कोशेढुंगा : प्रधानमन्त्री ओली
- प्रकाशित मिति: बिहिबार, फाल्गुन २० २०७७
- तामाकोशी