रामेछाप । कात्तिक २५ गते,
रामेछापका २४ जनाको पीसीआर परीक्षण रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले सोमबार र मंगालबार स्वाब पठाइएका मन्थली नगरपािलकाका २४ जनाको रिपोर्ट आउन बाँकि रहेको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा अहिलेसम्म १६१ जना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेँका छन् । जिल्लाबाट स्वाब पठाइएका १७९ जनामा सङ्क्रमण अहिले १८ जनाको आइसोलेशनमा उपचार भैरहेको उहाँको भनाई छ । उहाँका अनुसार अहिले मन्थली नगरपालिकामा दशजना , जिल्ला अस्पतालमा एकजना , रामेछाप नगरपालिकामा पाँचजना र सुनापति गाउँपालिकामा दुईजना जना सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा दुईहजार २९० जनाको स्वाब परीक्षण गरिएको छ । यसमध्ये दुईहजार एकसय ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अझै सोमबार र मंगलबार स्वाब परीक्षणका लागि पठाइएका मन्थली नगरपालिकाका २४ जनाको परीक्षण रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ६७ जना र १४६ पुरुष गरि २१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना नियन्त्रण, व्यवस्थापन र उपचारका लागि जिल्लामा ४९० शैय्याको क्वारेण्टाइन र १०८ शैय्याको आइसोलेशन निर्माण गरिएको जिल्ला स्तरीय सङ्कट व्यवस्थापन केन्द्र रामेछापले जनाएको छ ।
रामेछापका २४ जनाको पीसीआर रिपोर्ट आउन बाँकि
- प्रकाशित मिति: मंगलबार, कार्तिक २५ २०७७
- तामाकोशी