मन्थली नगरपालिकाले महिलालाई निशुल्क ड्राईभिङ सिकाउँदै

  • प्रकाशित मिति: आइतबार, कार्तिक २३ २०७७
  • तामाकोशी

रामेछाप । कात्तिक २३ गते,
रामेछापको मन्थली नगरपालिकाले महिलालाई निशुल्क सवारी चालक (ड्राईभिङ) तालिम दिदै छ । महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाभित्रका १५ जना महिलाहरुलाई निशुल्क हलुका सवारी चालक (ड्राईभिङ) तालिम दिन लागेको हो । महिला विकास तर्फको स्वीकृत कार्यक्रम अनुसार यस बर्ष नगरपालिकाको वडा नम्बर १ देखि १४ वडाभित्रका १५ जना महिलाहरुलाई छनोट गरेर सवारी चालक तालिम सञ्चालन गर्न लागिएको भन्दै योग्यता पुगेका इच्छुकसंग एक सूचना मार्फत आवेदन माग गरेको छ । तालिममा छनोट गर्दा नगरपालिकाले विपन्न, असहाय, दलित, एकल महिलालाई विशेष प्राथमिता दिने बताएको छ । तालिमको सञ्चालन मन्थली वा काठमाडौंमा सञ्चालन गरिने नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

निशुल्क ड्राईभिङ सिकाउँने बारे मन्थली नगरपालिकाको सूचना हेर्नुहोस्