सिन्धुलीमा कोरोनाको कारण मृ*त्यु भएका व्यक्तिको शव व्यवस्थापनमा अवरोध

  • प्रकाशित मिति: बिहिबार, कार्तिक २० २०७७
  • तामाकोशी

सिन्धुली । कात्तिक २० गते,
सिन्धुली अस्तालमा कोरोनाको संक्रमणबाट मृ*त्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । शव व्यवस्थापन गलत स्थानमा जबर्जस्तीरुपमा गरिएको भन्दै स्थानीयले अवरोध गरेका हुन् । कोरोनाबाट मृ*त्यु भएका सिन्धुलीको कमलामाई नगरपालिका जरायोटारका ४८ वर्षीय एक पुरुषको शव कमलामाई नगरपालिकास्थित गौमती नदी दोभानमा अन्त्येष्टि गर्नेक्रममा स्थानीयले अवरोध गरेका हुन् । सिन्धुली अस्पतालमा उपचारका क्रममा मृ*त्यु भएका ती पुरुषको शव नेपाली सेनाले कमलामाई नगरपालिकास्थित गौमती घाटमा अन्त्येष्टि गर्न लागेपनि स्थानीयले अवरोध गरेपछि सो स्थानमा शव व्यवस्थापन हुन सकेन । सो घाटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरेपनि स्थानीयले चर्को विरोध गरेपछि मृतकको शवलाई फर्काएर अन्यत्र व्यवस्थापन गरिएको छ ।