रामेछाप । कार्तिक १८ गते,
रामेछापका थप दश जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले कार्तिक १६ गते स्वाब पठाइएका मन्थली नगरपालिकाका १२ जनामध्ये दश जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार मन्थली नगरपालिकाकी १९ ,२१,३५ वर्षकी महिला ,३८ ,३५,२७,२६,२५,२५ र ३३ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यो संगै जिल्लामै स्वाब संकलन गरि पठाइएकामा कोरोना संक्रमण हुनेको संख्या १७२ पुगेको छ । हालसम्म १६० जना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेका छन् । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत थापाले अहिले मन्थली नगरपालिकामा दशजना , जिल्ला अस्पतालमा एकजना र गोकुलगंगा गाउँपालिकामा एकजना गरि १२ जनाको आइसोलेशनमा उपचार भैरहेको बताउनुभयो । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा दुईहजार २८२ जनाको स्वाब संकलन गरिएको छ । यसमध्ये दुईहजार ९८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अझै रामेछाप नगरपालिकाका १२ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार अहिलेसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ६० जना र १३४ पुरुष गरि १९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मन्थली नगरपालिकाका थप दश जनामा कोरोना सङ्क्रमण
- प्रकाशित मिति: मंगलबार, कार्तिक १८ २०७७
- तामाकोशी