रामेछापमा १६२ मध्ये १६० जना सङ्क्रमितले कोरोनालाई जितेँ

  • प्रकाशित मिति: आइतबार, कार्तिक १६ २०७७
  • तामाकोशी

रामेछाप । कार्तिक १६ गते,
रामेछाप जिल्लामा १६२ मध्ये १६० सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेँका छन् । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले अहिले दुईजना मात्रै आइसोलेशनमा उपचार भैरहेको बताउनुभयो । उहाँका अनुसार गएको दुईदिनमा १६ जना सङ्क्रमितले कोरोनालाई जितेँका छन् । अहिले जिल्ला अस्पताल रामेछापमा एकजना र गोकुलगंगा गाउँपालिकामा एकजना गरि दुईजनाको आइसोलेशनमा उपचार भैरहेको भैरहेको छ , उपचाररत दुवैको स्वास्थ्य अवस्था सामान्य छ उहाँले भन्नुभयो ।
स्वास्थ्य कार्यालय रामेछापका अनुसार हालसम्म जिल्लामा दुईहजार २५८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार ९६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला अस्पतालमा १९९ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ७१२ , रामेछाप नगरपालिकामा २७६ , उमाकुण्ड गाउँपालिकामा १९८, खाँडादेवी गाउँपालिकामा १४५, गोकुलगंगा गाउँपालिकामा २५५ , दोरम्बा गाउँपालिकामा ११६, लिखुतामाकोशी गाउँपालिकामा १५३ र सुनापति गाउँपालिकामा १४३ जनाको स्वाब परीक्षण गरिएको हो । कोरोना भाइरसको नियन्त्रण , व्यवस्थापन र उपचारका लागि जिल्लामा १०८ बेडको आइसोलेशन र ४९० बेडको क्वारेन्टिन कक्ष निर्माण गरिएको जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्र रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार अहिलेसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ५६ जना र १२५ पुरुष गरि १८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।