थानापति महादेव मन्दिरमा सिसि क्यामेरा जडान

  • प्रकाशित मिति: शनिबार, कार्तिक १५ २०७७
  • तामाकोशी

रामेछाप । कार्तिक १५ गते,
रामेछापको मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँ बाहुँनचुरामा रहेको जिल्लाकै ऐतिहासिक थानापति महादेव मन्दिरमा सिसि क्यामेरा जडान गरिएको छ । बालब्रह्मचारी रामराजन गिरी र थानापति विकास समितिको लगानीमा थानापति मन्दिर परिषरमा तीनवटा सिसि क्यामेरा जडान गरिएको हो । मन्दिरको थप व्यवस्थापन गर्न , मन्दिरमा दर्शनार्थीहरुले चढाएका भेटीघाटीलाई थप पारदर्शी बनाउँन र मन्दिरको सुरक्षालाई मजबुद बनाउँने उद्देश्यले सिसि क्यामेरा जडान गरिएको थानापति विकास समितिका अध्यक्ष राजकुमार बोहोराले जानकारी दिनुभयो । उहाँले थापति मन्दिर विकासका विगत देखिनै सहयोग गर्दै आउनुभएका बालब्रह्मचारी रामराजन गिरी र थानापति विकास समितिको ६५ हजार लगानीमा तीनवटा सिसिक्यामेरा जडान गरिएको बतानुभयो । थानापति महादेवको यो मन्दिरमा शिवरात्री, माघेसंक्रान्ति, तिज एकादशी र ऋषितर्पणी पूर्णिमाका दिन ठुलो मेला लाग्ने गर्दछ । छिमेकी जिल्लाहरु दोलखा, सिन्धुपाल्चोक, ओखलढुङ्गा लगायायत सिराहा धनुसा, खोटाङ्ग र काठमाडौंबाट समेत भक्तजनहरु यस मन्दीरमा दर्शन गर्नका लागि आउँने गरेका छन् । करिब ३ सय वर्ष पहिले स्थापना भएको सो थानापति महादेव स्थानमा गएर बरमाग्दा मनोकांक्षा पूरा हुने जनविश्वस रहिआएको छ ।