रामेछाप । कार्तिक १५ गते,
रामेछापमा १५५ जनाले कोरोना भाइरस कोभिड १९ लाई जितेँका छन् । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले १६२ जनामा कोरोना सङ्क्रमण भएकोमा अहिले सात जना मात्रै आइसोलेशनमा रहेको बताउनुभयो । उहाँका अनुसार शनिबार मात्रै मन्थली नगरपालिकाका दशजना र लिखुतामाकोसी गाउँपालिकाका एकजना गरि ११ जना सङ्क्रमितले कोरोनालाई जितेँका छन् । अहिले गोकुलगंगा गाउँपालिकामा एकजना , जिल्ला अस्पताल रामेछापमा एकजना , सुनापति गाउँपालिकामा पाँचजना गरि सात जनाको आइसोलेशनमा उपचार भैरहेको उहाँले बताउनुभयो । स्वास्थ्य कार्यालय रामेछापका अनुसार हालसम्म जिल्लामा दुईहजार २५८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार ९६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जसमा जिल्ला अस्पतालमा १९९ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ७१२ , रामेछाप नगरपालिकामा २७६ , उमाकुण्ड गाउँपालिकामा १९८, खाँडादेवी गाउँपालिकामा १४५, गोकुलगंगा गाउँपालिकामा २५५ , दोरम्बा गाउँपालिकामा ११६, लिखुतामाकोशी गाउँपालिकामा १५३ र सुनापति गाउँपालिकामा १४३ जनाको स्वाब परीक्षण गरिएको हो । स्वास्थ्य कार्यालय रामेछापका अनुसार अहिलेसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ५६ जना र १२५ पुरुष गरि १८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरसको नियन्त्रण , व्यवस्थापन र उपचारका लागि जिल्लामा १०८ बेडको आइसोलेशन र ४९० बेडको क्वारेन्टिन कक्ष निर्माण गरिएको जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्र रामेछापले जनाएको छ ।
रामेछापमा १५५ जनाले कोरोनालाई जितेँ
- प्रकाशित मिति: शनिबार, कार्तिक १५ २०७७
- तामाकोशी