काठमाडौं,६ – आफ्नै श्रीमतिबाट ज्यान जोखिममा परेको भन्दै गोकर्णेश्वर नगरपालिका ५ का ओङ्छु शेर्पाले शान्ति सुरक्षाको लागि महानगरीय प्रहरी वृत बौद्धमा उजुरी हालेका छन् । श्रीमतीले विभिन्न मान्छे ल्याएर घर तोड फोडसमेत गरेकाले शेर्पाले उजुरी दिएको प्रहरी वृत बौद्धका डिएसपी रमेशबहादुर सिंहले बताएका छन्। शेर्पा महिला संघको अध्यक्ष निमी शेर्पाको नेतृत्वमा आएका २१र२२ जनाले घर तो,डफोड गरेको उजुरीकर्ता शेर्पाले बताएका छन् ।
डिएसपी सिंहका अनुसार पहिलैदेखि श्रीमान,श्रीमतीबीच आन्तरिक विवाद थियो। उनका श्रीमतीले समेत श्रीमानविरुद्ध पटक–पटक मुद्दा दायर गरेका छन्। ‘मुख्य त श्रीमतीले अंश पाउनुपर्ने माग राख्दै आएका रहेछन्,’उनले भने,‘श्रीमतीले गत असोज २६ गते विभिन्न संगठनका शेर्पा महिलाहरूलाई बोलाएर श्रीमानको घरको सिसा इँटा र ढुंगाले हानेर फुटाएछन्।
त्यसैले शान्ति सुरक्षा र संरचना तोडफोड भएकोले आवश्यक कारबाही माग गरेर मुद्दा हालेका छन्।’काठमाडौं जिल्ला अदालतमा मुद्दा परेकाले आवश्यक अनुसन्धान र कार,बाहीका लागि फैसलालाई नै पर्खनुपर्ने उनले बताए।