रामेछाप । कार्तिक ३ गते,
रामेछाप जिल्लामा संचालित सवारी साधनले यात्रुहरुसङग बढी भाडा लिएको पाइएको छ । सरकारले पुर्ण सिट क्षेमता अनुसार यात्रु राख्न पाउने र भाडा पहिलेकै अनुसार लिन पाउने भने पनि टिकेट काउन्टरलेनै ५० प्रतिशत बढी भडा बढाएर टिकेट काटिरहेको पाइएपछि जिल्लाको चेकजाँचमा थप कडाई गरिएको छ । जिल्ला ट्राफिक प्रहरी रामेछापले एकैदिनमा बढि भाडा लिने पाँचवटा ठुला सवारीलाई नियन्त्रणमा लिएर २० हजारभन्दा बढी भाडा यात्रुहरुलाई फिर्ता गरेको छ । जिल्ला ट्राफिक प्रहरी रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले सरकारको निर्देशनलाई बेवास्ता गरि बढी भडा लिएका पाँचवटा सवारीबाट २० हजार ६७३ रुपैयाँ बढी लिएको भाडा यात्रुहरुलाई फिर्ता गरिएको जानकारी दिनुभयो । सरकारले पुर्ण सिट क्षेमता अनुसार यात्रु राख्न पाउँने र भाडा पहिलेकै अनुसार लिन पाउँने भनिरहेको छ , यता सवारीले भने त्यसको बेवास्ता गरि टिकेटमै ५० प्रतिशत बढाएर भाडा असुली रहेका छन् उहाँले भन्नुभयो । ट्राफिक प्रहरी रामेछापका प्रमुख पाण्डेका अनुसार एकैदिन काठमाडौंबाट रामेछाप आएका बा४ख ४४६८ नम्बरको सवारीबाट तीन हजार ३९५, बा५ख ८२०९ नम्बरको सवारीबाट पाँच हजार ९६०,बा४ल ४९८६ नम्बरको सवारीबाट चार हजार ७५०,बा३ख ८१८५ नम्बरको सवारीबाट दुई हजार ५५८ र बा५ख ९९२९ नम्बरको सवारीबाट चार हजार दश रुपैयाँ बढी लिएको भाडा यात्रुहरुलाई फिर्ता गरिएको बताउनुभयो । यसअघि विश्वमा माहामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण यातायात व्यवसायीहरुले यातायात संचालन गर्दा स्थास्थ्य तथा सुरक्षा मापदण्ड पुरा गरेर ५० प्रतिशत सिटमा यात्रु राखेर ५० प्रतिशत भाडा बढाएर लिन पाउँने सरकारले व्यवस्था गरेको थियो ।
रामेछापमा यात्रुसङ्ग बढी भाडा असुल्दै सवारी , एकैदिन २० हजार बढी भाडा फिर्ता
- प्रकाशित मिति: सोमबार, कार्तिक ३ २०७७
- तामाकोशी