रामेछापमा मन्दिर तथा शक्तिपिठहरुमा नित्यपूजा बाहेक दर्शन गर्न निषेध

  • प्रकाशित मिति: आइतबार, कार्तिक २ २०७७
  • तामाकोशी

रामेछाप । कार्तिक २ गते,
रामेछाप जिल्लामा मन्दिर तथा शक्तिपिठहरुमा नित्यपूजा बाहेक अन्य दर्शनका लागि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गरि जिल्ला भित्रका सबै मन्दिर तथा शक्तिपिठहरुमा नित्यपूजा बाहेक अन्य दर्शन कार्य गर्न रोक लगाएको हो । दशैंका बेलामा मन्दिर तथा शक्तिपिठहरुमा सर्वसाधारणहरुको अत्याधिक भिड हुने र यसले कोरोना भाइरस संक्रमणको जोखिमता झन बढ्ने भएकाले प्रशासनले मन्दिर तथा शक्तिपिठहरुमा नित्यपूजा बाहेक अन्य कार्यमा रोक लगाएको हो । रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृहमन्त्रालयको अनुरोध अनुसार जिल्लाका सवै पालिका तथा वडाहरुमा रहेका मठ मन्दिर तथा शक्तिपिठहरुमा नित्यपूजा बाहेक अन्य दर्शनका लागि निषेधाज्ञा जारी गर्नुभएको हो । प्रमुख जिल्ला अधिकारी शर्माले जारि गर्नुभएको सूचनामा मिति २०७७ असोज ३० गतेको गृहमन्त्रालयको निर्देशन र असोज २८ गते बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्ला भरका नगरपालिका , गाउँपालिका तथा वडाहरुमा रहेका सबै शक्तिपिठ तथा मन्दिरहरुमा मिति २०७७ कार्तिक १ गते घटस्थापना देखी ९ गते नवमीको दिन मध्येराती १२ बजेसम्म नित्य पूजा बाहेक दर्शनका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा (६) ३ तथा संक्रामक रोग ऐन २०२० को दफा ३ र ४ अनुरुप यो निषेधाज्ञा जारी गरिएको छ भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापद्धारा जारी सूचना