उदयपुरमा स्करपियो दुर्घ’टना, ५ जनाको मृ’त्यु

  • प्रकाशित मिति: आइतबार, कार्तिक २ २०७७
  • तामाकोशी

उदयपुर, कार्तिक २ गते । उदयपुरमा सवारी दुर्घ’टना हुँदा ५ जनाको घटनास्थ’लमै मृ’त्यु भएको छ । अन्य तीन जना घाइ’ते भएका छन् । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका– १४ भदौरेमा भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्करपियो शनिबार राति १२ बजेतिर दुर्घ’टना भएको हो ।

दुर्घ’टनामा मृ’त्यु भएका पाँचमध्ये दुईको मात्र पहिचान खुलेको इटहरीस्थित प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख, एसपी सञ्जीव शर्मा दासले जानकारी दिए । एसपी दासका अनुसार दुर्घ’टनामा ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृ’त्यु भएको छ ।



यस्तै करिव ३२ वर्षका पुरुष, ३५ वर्षका जस्ता देखिने पुरुष र अर्की ३० वर्ष जस्तो देखिने महिलाको पहिचान भइ नसकेको उनले बताए । पहिचान नखुलेका उनीहरूको पनि घटनास्थ’लमै मृ’त्यु भएको हो । दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पनव खड्का गम्भी’र घाइ’ते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ब्रे’क फे’ल भएर स्करपिओ दुर्घ’टनामा परेको हुन सक्ने अनु’मान गरेको छ ।