रामेछापका ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डे पुरस्कृत

  • प्रकाशित मिति: शनिबार, कार्तिक १ २०७७
  • तामाकोशी

रामेछाप । कार्तिक १ गते,
बागमती प्रदेशको उत्कृष्ट प्रहरी कार्यतर्फको पुरस्कारबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डे सम्मानीत हुनुभएको छ । ६५ औं प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय हेटौंडाले जिल्ला ट्राफिक प्रहरी प्रमुख पाण्डेलाई सम्मान गरेको हो । प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशअन्तर्गत कार्यरत उत्कृष्ट कार्य गर्ने प्रहरीलाई प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको नगद पुरस्कार र प्रमाणपत्र पाण्डेलाई प्रदान गर्नुभएको थियो । प्रदेश प्रहरी कार्यालय हेटौंडाले उत्कृष्ट ट्राफिक व्यबस्थापनतर्फको पुरस्कार प्रहरी सहायक निरीक्षक पाण्डेलाई र उत्कृष्ट प्रहरी कार्यतर्फको पुरस्कार इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक शान्ता वाइबालाई प्रदान गरेको छ । पुरस्कृत भएपछि पाण्डेले आफ्नो कामको सम्बन्धित निकायले मुल्यांकन गरेर पुरस्कार प्रदान गरेकोमा आफुलाई निकै खुसी लागेको र अझ राम्रो काम गर्ने उर्जा मिलेको बताउनुभयो । उहाँले पुरस्कृत भएसंगै आफुमाथि थप जिम्वेवारी थपिएकाले रामेछापको ट्राफिक व्यवस्थापनलाई अझै मझवुद बनाउने प्रतिवद्धता जनानुभयो । पुरस्कार पएसंगै थप जिम्वेवारी पनि थपिएको महशुस गरेको छु , अब सशक्त र प्रभावकारी ढंगेल काम गरेर जिल्लाको ट्राफिक व्यवस्थालाई थप मझबुद बनाउने तिर लाग्छु उहाँले तामाकोसी अनलाइनसंग भन्नुभयो ।