११ प्रतिशत बोनस बाढ्दै साहारा बचत

  • प्रकाशित मिति: बिहिबार, असोज २९ २०७७
  • तामाकोशी

रामेछाप । असोज २९ गते,
रामेछाप सदरमुकाम मन्थलीमा सन्चालित साहारा बचत तथा ऋण सहकारीले २५ लाख ९२ हजार बढी रुपैयाँ खुदा नाफा कमाएको छ । बिहीबार सम्पन्न १५औँ बार्षिक साधरणसभामा सहकारीका कोषाध्यक्ष शिवराज श्रेष्ठलेको प्रतिबेदनमा आर्थिक बर्ष २०७६÷७७ मा २५ लाख ९२ हजार ४०७ रुपैयाँ सहकारीले खुद नाफा कमाएको उल्लेख गरिएको छ । अहिले २२ कारोड ८ लाख रुपैयाँ संस्थको कुल पुजी रहको सहकारीको सेयरशेयर पुजि एक करोड ८६ लाख भन्दा माथि रहेको कोषअध्यक्ष श्रेष्ठको प्रतिबेदनमा उल्लेख गरिएको थियो । संस्थाले कोरोना महामरीको बिचमै पनि आफ्ना सेयर सदस्यलाई ११ प्रतिशत बोनस बितरण गर्ने तयरी भैरहेको सहकारीले जनाएको छ । सहकारीका अध्यक्ष मिलन कुमार घिसिङले सहकारीले ११ करोड ९४ लाख ४६ हजार भन्दा बढि ऋण लागानि गरेको र कोरोना महामारीको बिचमा १० लाख ८५ हजार ७३२ रुपौया बराबरको ब्याज मिनाह गरिएको जानकरी दिनुभयो । साहारा बचत तथा ऋण सहकारी २०६२ माघ १३ गते देखि बिधिवत रुपमा सन्चालनमा आएको थियो । सुरुका दिनमा २७ जना सेयर सदस्यबाट रु १० का दरले बचत सुरु गरेको संस्थाको १५ औँ साधरण सभा सम्म आइपुग्दा शेयर सदस्यको संख्या ३५ सउ ९७ जना र सेयर पुजी एक करोड ८६ लाख रुपैयाँ बढी रहेको छ । संस्थाका अध्यक्ष मिलन कुमार घिसिङको अध्यक्षता र जिल्ला बचत तथा ऋण सहकारीका संघका अध्यक्ष जगनाथ दहालको प्रमुख आतिथ्यतामा सहकारीको साधारणसभा सम्पन्न भएको हो ।