रामेछाप । असोज २९ गते,
जिल्ला सदरमुकाम मन्थलीमा आन्तरिक राजस्व कार्यालयको शाखा संचालन भएपछि यसअघि काभ्रेको धुलिखेलबाट सेवा लिनपर्ने रामेछाप बासीको बाध्यता हटेको छ । जिल्लामा शाखा कार्यालय संचालन भएपछि करिब पाँच हजार सातसय करदाताहरुलाई एकसय किलोमिटरको यात्रा गरेर आन्तरिक राजस्व कार्यालय धुलिखेल जानु नपर्ने भएको छ । करदाता सेवा कार्यालय रामेछापका प्रमुख तुलसी राम पन्थलीका अनुसार जिल्लाबाट सेवा सुरु भएसँगै करदाता संख्या थपिने र साना व्यवसायी पनि करको दायरामा आउने हुदा अर्काे बर्ष करदाता हजार हजार नाघ्ने आनुमान गरिएको छ । उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष केशब घिमिरेले राजस्व तिर्नको लागि रामेछाप उद्योग बाणिज्यको तर्फबाट सबै खाले सहयोग हुने बताउनुभयो । पहिला पनि राजस्व तिर्नका लागि आवश्यक सहयोग गरेकै थियौँ , अब पनि सवै व्यवसायीहरुलाई करको दायरामा ल्याउन सहयोग गछौँ उहाँले भन्नुभयो । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले कर तिर्नका लागि धुलिखेल जानु पर्ने बाध्यता हटेको बताउुभयो । कार्यालय अब नागरिकको हित हुनेगरि सधैब सेवामा समर्पित हुनुपर्छ नगर प्रमुख बस्नेतले भन्नुभयो । राजस्व कार्यालय संचालनाम आयसंगै व्यक्तिगत प्यान,व्यवसायिक प्यान, भ्याट, रजिष्टेशन गर्ने,व्यवसाय दर्ता, खारेज, करचुक्ता प्रमाण पत्र, प्रदान गर्ने, कर विवरण, आय विवरण, अन्तःशुल्क, विवरण बुझाउने लगायतका सेवा लिन जिल्ला बाहिर जानु पर्दैन। कार्यालयले अब जिल्लामा करदाता शिक्षा प्रदान गर्ने र बजार अनुगमन गर्ने ,अवैध मदिरा नियन्त्रण गर्ने लगायतका काम गर्ने पनि बताइएको छ ।
रामेछापमा पनि आन्तरिक राजस्व कार्यालयको शाखा संचालन
- प्रकाशित मिति: बिहिबार, असोज २९ २०७७
- तामाकोशी