रामेछाप । असोज २७ गते,
रामेछापमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले मंगलबार महिला ११ जना र पुरुष १२ जना गरि २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार मन्थली नगरपालिकाका २० जना , लिखुतामाकोसी गाउँपालिकाका दुईजना र सुनापति गाउँपालिकाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा मन्थली नगरपालिका वडा नं १ का ४९ ,४६,१९,३२,२४,२४,५८ वर्षका पुरुष र ४५,३९,२६,१३,३५,२४,३६,१५,५४,२८ र लिखुतामाकोसी गाउँपालिका वडा नं १ की ३४ वर्षकी महिला छन् । त्यसैगरी मन्थली नगरपालिका वडा नं ८ का ७१, सुनापति गाउँपालिका वडा नं ५ का एक पुरुष शिक्षक , लिखुतामाकोसी गाउँपालिका वडा नं ६ का ३९ र मन्थली नगरपालिका वडा नं १२ का २१,२१ वर्षका पुरुष कोरोना संक्रमण भएको हो । यो संगै जिल्लामै स्वाब संकलन गरिएका संक्रमित हुनेको संख्या १ सय ३४ जना पुगेको छ । यसमध्ये ६७ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् ।
रामेछाप मन्थली नगरपालिकाका २० सहित थप २३ जनामा कोरोना संक्रमण
- प्रकाशित मिति: मंगलबार, असोज २७ २०७७
- तामाकोशी