रामेछापमा थप एक जनामा कोरोना संक्रमण, ६७ जनाले कोरोनालाई जितेँ

  • प्रकाशित मिति: मंगलबार, असोज २७ २०७७
  • तामाकोशी

रामेछाप । असोज २७ गते,
रामेछापमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले मंगलबार सुनापति गाउँपालिका वडा नं ५ का एकजना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो संगै जिल्लामै स्वाब संकलन गरिएका संक्रमित हुनेको संख्या १ सय १२ जना पुगेको छ । यसमध्ये ६७ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् । जनस्वास्थ्य अधिकृत थापाका अनुसार अहिले जिल्ला अस्पतालमा १५ जना , मन्थली नगरपालिकामा ६ जना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा तीनजना , रामेछाप नगरपालिकामा ९ जना , उमाकुण्ड गाउँपालिकामा दुईजना , लिखुतामाकोसी गाउँपालिकामा तीनजना , दोरम्बा गाउँपालिकामा एकजना , गोकुलगंगा गाउँपालिकामा चारजना , खाँडादेवी गाउँपालिकामा एकजना र सुनापति गाउँपालिकामा एकजना गरि ४५ जना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ ।
हालसम्म जिल्ला अस्पतालमा १९८ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ६४०, रामेछाप नगरपालिकामा २६८ , उमाकुण्ड गाउँपालिकामा १९८, खाँडादेवी गाउँपालिकामा ९३, गोकुलगंगा गाउँपालिकामा २५३ , दोरम्बा गाउँपालिकामा ६९, लिखुतामाकोशी गाउँपालिकामा १५३ र सुनापति गाउँपालिकामा ९१ जना गरि दुईहजार २४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये २३० जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ३ जना महिला र २७ जना पुरुष गरि ३० जना क्वारेन्टिनमा रहेका छन् । मंगलबार गोकुलगंगा गाउँपालिकाका चारजना क्वारेन्टीनबाट फिर्ता भएका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १०८ बेडको आइसोलेशन कक्ष र ४९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ३३ जना र ८७ जना पुरुष गरि १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।