रामेछापमा ३४ महिने बालिका सहित थप आठ जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति: सोमबार, असोज २६ २०७७
  • तामाकोशी

रामेछाप । असोज २६ गते,
रामेछापमा ३४ महिने बालिका सहित थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले रामेछाप नगरपालिका वडा नं ६ की ३४ महिने बालिका र रामेछाप नगरपालिकामा कार्यरत तीनजना कर्मचारी सहित आठ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार संक्रमण पुष्टि हुनेमा रामेछाप नगरपालिकामा कार्यरत २५,२५ र ३० वर्षका पुरुष , रामेछाप नगरपालिका वडा नं ६ की ३४ महिने बालिका , २६ वर्षकी बालिकाकी आमा र रामेछाप नगरपालिका वडा नं ८ की १३ र ४९ वर्षकी महिला र ६ वर्षका पुरुष छन् । यो संगै जिल्लामै स्वाब संकलन गरिएका संक्रमित हुनेको संख्या १ सय ११ जना पुगेको छ । यसमध्ये ६७ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् ।