रामेछाप । असोज २३ गते,
विभिन्न समयमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका रामेछापका १६६ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले शुक्रबार स्वाब संकलन गरिएका रामेछाप नगरपालिकाका ७९ जना र सुनापति गाउँपालिकाका २९ जना गरि १६६ जनाको रिपोर्ट आउन बाँकि रहेको जानकारी दिनुभयो । उहाँले जिल्लाबाटै स्वाब संकलन गरिएका र संक्रमण भएका एकसय एक जनामध्ये ६४ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका बताउनुभयो । उहाँका अनुसार अहिले जिल्ला अस्पतालमा १४ जना , प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा दुईजना ,मन्थली नगरपालिकामा आठजना , रामेछाप नगरपालिकामा चारजना , उमाकुण्ड गाउँपालिकामा दुईजना , लिखुतामाकोसी गाउँपालिकामा तीनजना र गोकुलगंगा गाउँपालिकामा चारजना गरि ३७ जना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ ।
हालसम्म जिल्ला अस्पतालमा ९५ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ५३५ , रामेछाप नगरपालिकामा २६८ , उमाकुण्ड गाउँपालिकामा १९८, खाँडादेवी गाउँपालिकामा ९३, गोकुलगंगा गाउँपालिकामा २५३ , दोरम्बा गाउँपालिकामा ६९, लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ९१ जना गरि १ हजार ७९४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये १६६ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ४ जना महिला र ३५ जना पुरुष गरि ३९ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १०८ बेडको आइसोलेशन कक्ष र ४९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला २८ जना र ८२ जना पुरुष गरि ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रामेछापका १६६ जनाको पीसीआर रिपोर्ट आउन बाँकि , ३९ जना क्वारेन्टीनमा
- प्रकाशित मिति: शुक्रबार, असोज २३ २०७७
- तामाकोशी