रामेछाप । असोज २२ गते,
रामेछापमा एकैदिन २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले विहीबार एकैदिन ६ जना महिला र १४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार विहीबार संक्रमण पुष्टि हुनेमा जिल्ला अस्पतालबाट स्वाब संकलन गरिएका २७,५०,२५ , ४२ वर्षका पुरुष र २४,२९ र ३४ वर्षकी महिला छन् । त्यसैगरि मन्थली नगरपालिका वडा नं १ का २१,२६,४०,४७,६५ वर्षका पुरुष र वडा नं २ का १९ र ३२ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ । त्यसैगरि रामेछाप नगरपालिका वडा नं ६ की ५६ , वडा नं ८ की २२ र ७४ वर्षकी महिला र रामेछाप नगरपालिका वडा नं ८ का २०,२१र २३ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण भएको छ । यो संगै जिल्लामै स्वाब संकलन गरिएका संक्रमित हुनेको संख्या एकसय एक जना पुगेको छ । यसमध्ये ७२ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् । जनस्वास्थ्य अधिकृत थापाका अनुसार अहिले जिल्ला अस्पतालमा सातजना , मन्थली नगरपालिकामा ९ जना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना , रामेछाप नगरपालिकामा तीनजना , उमाकुण्ड गाउँपालिकामा दुईजना , लिखुतामाकोसी गाउँपालिकामा तीनजना र गोकुलगंगा गाउँपालिकामा चारजना गरि २९ जना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार आइसोलेशनमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य छ ।
हालसम्म जिल्ला अस्पतालमा ९५ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ५३३ , रामेछाप नगरपालिकामा १८९ , उमाकुण्ड गाउँपालिकामा १९८, खाँडादेवी गाउँपालिकामा ९३, गोकुलगंगा गाउँपालिकामा २५३ , दोरम्बा गाउँपालिकामा ६९, लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार ६८५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये ९४ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ४ जना महिला र ३५ जना पुरुष गरि ३९ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १०८ बेडको आइसोलेशन कक्ष र ४९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला २७ जना र ७८ जना पुरुष गरि एकसय पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रामेछापमा एकैदिन थप २० जनामा कोरोना संक्रमण, ७२ जनाले कोरोनालाई जितेँ
- प्रकाशित मिति: बिहिबार, असोज २२ २०७७
- तामाकोशी