अनशनको २४ औं दिन,सरकारले गठन गर्यो वार्ताटोली

  • प्रकाशित मिति: बुधबार, असोज २१ २०७७
  • तामाकोशी

काठमाडौं-प्रा।डा। गोविन्द केसी अनशन बसेको २४ दिनपछि सरकारले वार्ता समिति गठन गरेको छ । सरकारले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा। गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका छन् । ‘सरकारले डा। केसीसँग वार्ता गरेर उहाँका मागको विषयमा छलफल गर्ने जिम्मेवारी दिएको छ’, सचिव मैनालीले अन्नपूर्णसँग कुरा गर्दै भने ।

भदौ २९ गते जुम्लाबाट अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो। नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्। २४ दिनदेखि अनशनरत केसीको जीवनरक्षामा सरकारले पहल नगरेको भन्दै बुधबार नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको थियो । केसीका माग सम्बोधनका लागि सरकारी वार्ता टोली गठन गर्न दिएको अल्टिमेटिम सकिएपछि संघले आन्दोलनको घोषणा गरेको हो । आन्दोलनका कार्यक्रम अन्तर्गत पहिलो दिन संघले बिहीबार बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोरोना उपचारबाहेक सबै सेवा बहिष्कार गर्ने भएको छ । सबै सेवा बहिष्कार गरेर जनस्वास्थ्य मापदण्ड पालना गर्दै धर्ना दिने संघले जनाएको छ।



त्यसैगरी शुक्रबार देशभर आक स्मिक र कोरोना उपचारबाहेक अन्य स्वास्थ्य सेवा बहि ष्कार गर्ने घोष णा संघले गरेको छ । अर्को निर्णय नहुँदासम्म सबै चिकित्सकले कालोपट्टी बाँधेर काम गर्ने भएका छन् । संघले तत्काल सरकारले वार्ता टोली गठन गरेर उनको सत्याग्रहको अ न्त्य नगरे थप आन्दोलन गर्ने चेता वनी दिएको थियो। चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै २४ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।