सञ्चालनमा आएको एक दिन नबित्दै फेरि तातोपानी नाका बन्द

  • प्रकाशित मिति: बुधबार, असोज २१ २०७७
  • तामाकोशी

सिन्धुपाल्चोक । व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै उत्तरको मुख्य तातोपानी नाका फेरि बन्द भएको छ । ध्रव दंगालद्वार लेखिएको समाचारमा नेपाली मजदुरमा कोरोना संक्रमण दखिपछि चीनले एकपक्षीय रुपमा नाका बन्द गरेको हो ।

कुनै पनि सामान मंगलबार नाकामा आएनन् । बाढी पहिरोका कारण झण्डै तीन महिना बन्द रहेको नाका सोमबार मात्र सञ्चालनमा आएको थियो । कोरोना सक्रमण रोक्ने सर्तमा दुई देशका अधिकारीबीच गएको मंगलबार नाकाबाट व्यापारिक कारोबार सञ्चालनमा ल्याउने सहमति भएको थियो । सामान ढुवानी र लोड अनलोडमा संलग्न मजदुरमा कोरोना संक्रमण देखिपछि चिनियाँ अधिकारीले तत्काल सामग्री पठाउन नसकिने जानकारी दिएको तोतोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए ।
नाका सञ्चालनका लागि नयाँ मोडालिटीमा छलफल सुरु भएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।