२८ वर्षीया सोमिका तामाङले जन्म दिँईन ५ शिशुको जन्म

  • प्रकाशित मिति: सोमबार, असोज १९ २०७७
  • तामाकोशी

काठमाडौं – थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छन्। सोमबार बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच वटा शिशुलाई जन्म दिएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा। कृतिपाल सुवेदीले जानकारी दिए।

पाँचमध्ये चार जना जीवित रहेको र १ जना भने जन्मनुअघि नै मृत्यु भइसकेको उनले बताए । सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत बिहान मृतसहित ५ शिशुको जन्म भएको हो । अहिलेसम्म आमाको अवस्था पनि सामान्य नै रहेको उनले बताए।