रामेछापमा पसल व्यवसाय अब बिहान पाँच बजेदेखी बेलुका आठ बजेसम्म खुल्ने

  • प्रकाशित मिति: शुक्रबार, असोज १६ २०७७
  • तामाकोशी

रामेछाप । असोज १६ गते,
रामेछापमा औषधी र इन्धन बाहेकका पसल व्यवसाय अब बेलुका आठ बजेसम्म खोल्न पाइने भएको छ । शुक्रबार बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्र रामेछापको बैठकले असोज १६ गते शुक्रबारदेखी लागुहुनेगरी स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर खाद्यवस्तु , दुध , तरकारी ,फलफूल माछामासु ,स्टेशनरी , इलेक्ट्रोनिक लगायतका अन्य पसल व्यवसाय बिहान पाँच बजेदेखी बेलुका आठ जेसम्म संचालन गर्ने निर्णय गरेको हो ।
रामेछापकी प्रमुख जिल्ला अधिकारी एवं संकट व्यस्थापन केन्द्रकी संयोजक रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले विभिन्न पेशा व्यवसाय संचालन गर्दा जनस्वास्थ्य र सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको सेवा प्रदायक विभिन्न निकायबाट गठित विभिन्न अनुगमन समितिहरुले अनुगन गर्ने र कार्यान्वयन नभएको पाइएमा संक्रमक रोग एनेन २०२० र स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन अनुसार तत्काल कारवाही गर्ने निर्णय पनि गरेको छ । यसअघि असोज १ गते बसेको जिल्ला स्तरीय सकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लामा खाद्यवस्तु , दुध , तरकारी ,फलफूल माछामासु ,स्टेशनरी , इलेक्ट्रोनिक लगायतका अन्य पसल व्यवसायहरु बिहान पाँच बजेदेखी बेलुका पाँच बजेसम्म संचालन भएका थिए ।