रामेछापमा थप पाँच जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति: बिहिबार, असोज १५ २०७७
  • तामाकोशी

रामेछाप । असोज १५ गते,
रामेछापमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले तामाकोसी अस्पताल मन्थलीबाट स्वाब लिइएका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार विहीबार संक्रमण पुष्टि हुनेमा मन्थली नगरपालिका वडा नं २ का ५० वर्षका पुरुष , लिखुतामाकोसी गाउँपालिका वडा नं ७ का ३० वर्षका पुरुष , सेहि वडाका २६ र २७ वर्षका महिला र गोकुलगंगा गाउँपालिका वडा नं ६ का २७ वर्षका पुरुष छन् । जनस्वास्थ्य अधिकृत थापाका अनुसार रुघा, खोकी र ज्वरो आएपछि तामाकोसी अस्पतालमा भर्ना भएर उपचार गराइरहेका उनीहरुको कोरोनाको आसंकामा असोज १२ स्वाब परीक्षणका लागि पठाइएको थियो । यो संगै जिल्लामै स्वाब संकलन गरिएका संक्रमित हुनेको संख्या ७४ जना पुगेको छ । यसमध्ये ५५ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् ।