जबरज’स्ती कर’णीको आरो’पमा वडा सचिव पक्रा’उ

  • प्रकाशित मिति: बिहिबार, असोज १५ २०७७
  • तामाकोशी

जनकपुर । महोत्तरीमा जबरज’स्ती कर’णीको आरो’पमा प्रहरीले एक कर्मचारीलाई पक्रा’उ गरेको छ ।
महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर–९ स्थित मुसहरी टोलकी एक दलित महिलालाई जबरज’स्ती कर’णी गरेको आरो’पमा वडा सचिव पक्रा’उ परेको हो । भंगहा वडा नम्बर ९ का वडा सचिव मिथिलेश यादवलाई बुधबार राति ९ बजे पक्रा’उ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले जनाए ।
ती महिलाले दिएको बयान र जाहेरीका आधारमा वडा सचिव यादवलाई पक्रा’उ गरिएको प्रहरी उपरीक्षक केसीले बताए । आरोपित वडा सचिव यादवलाई हिरा’सतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए । पछिल्लो समय जबरज’स्ती कर’णीको घट’नाहरु बृद्धि भइरहेको अध्ययनहरुले देखाएको छ । केहि महिना अगाडी रामेछापको लिखुतामाकोसी गाउपालिका अध्यक्ष यस्तै केशमा पक्रा’उ परि पुर्वक्षको लागि भन्दै अहिले जेल जिवन भोगि रहेको छ ।