रामेछाप । असोज १० गते,
रामेछापमा विभिन्न समयमा कोरोना संक्रमित भएका ५५ जनाले कोरोनालाई जितेका छन् । जिल्लाबाटै स्वाब संकलन गरिएका र संक्रमण भएका ६९ जना मध्ये शनिबारसम्म ५५ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा १ जना , मन्थली नगरपालिकाको आइसोलेशनमा १ जना , गोकुलगंगा गाउँपालिकाको आइसोलेशनमा ८ जना , रामेछाप नगरपालिकामा २ जना , उमाकुण्ड गाउँपालिकामा २ जना गरि १४ जना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ ।
हालसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ४८७ , रामेछाप नगरपालिकामा १६३ , उमाकुण्ड गाउँपालिकामा १६१ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २२८ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार ४७९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले १० जना महिला र २४ जना पुरुष गरि ३४ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १ सय ८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जनस्वास्थ्य अधिकृत थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बासोबास गर्ने महिला २२ जना र ५९ जना पुरुष गरि ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रामेछापका ५५ जना संक्रमितले कोरोनालाई जितेँ
- प्रकाशित मिति: शनिबार, असोज १० २०७७
- तामाकोशी