रामेछापमा नेट र फोनसेवा अवरुद्ध

  • प्रकाशित मिति: बिहिबार, असोज ८ २०७७
  • तामाकोशी

रामेछाप । असोज ८ गते,
रामेछापमा नेपाल टेलिकमले प्रदान गर्ने नेट र फोन सेवामा समस्या आएको छ । बिहिबार बिहानै देखि नेटसेवा पुर्ण रुपमा अवरुद्ध छ भने ल्याण्डलाइन र मोवाइलमा फोन गर्दा कुरा नबुझिने , फोन नलाग्ने र बेला बेलामा नेकवर्क जाने आउने समस्या भएको छ । काभ्रेको धुलिखेलमा अप्टिकलफाइवर ब्रेक हुदाँ नेपाल टेलिकमको सेवामा आंसिक सेवा अवरुद्ध भएको टेलिकम रामेछापका प्रमुख बिष्णु भण्डारीले जनाकारी दिनुभयो । प्रमुख भण्डारीका अनुसार काठमान्डौँ र बनेपाको पा्रबिधिक टोलि अप्टिकलफाइवर ब्रेक भएको ठाउँमा पुगिसकेको छ । धुलिखेल आसपासममा पहिरोको कारण करिब २०० मिटर अप्टिकलफाइबरको तार परिर्वतन गर्नु पर्ने भएकाले समस्या समाधान हुन समय लाग्ने भण्डारीले जनाकारी दिनु भयो बताउनुभयो । बिहिबार बिहानदेखि रामेछापमा ल्याण्डलाइन र मोवाइलमा फोन गर्दा कुरा नबुझिने , फोन नलाग्ने र बेला बेलामा नेकवर्क जाने आउने समस्या भएको छ । जिल्लामा टेलिकमले प्रदान गरेको टेलिफोन, मोवाइल तथा इन्टरनेटमा बारम्बार समस्या आउने गरेको छ । जसका कारण जिल्लामा संचालित सञ्चार माध्यम र विभिन्न कार्यालयहरु प्रत्यक्ष मारमा पर्ने गरेका छन् ।