स्थापना दिवसमा सिडिएसद्धरा खाद्यान्न सहयोग,बिरामी उपचारका लागि आर्थिक सहयोग गर्ने

  • प्रकाशित मिति: बिहिबार, असोज ८ २०७७
  • तामाकोशी

रामेछाप । असोज ८ गते,
रामेछाप सदरमुकाम मन्थलीमा संचालित सामुदायिक विकास समाज (सिडिएस) ले आफ्नो १९ औं स्थापना दिवसका अवसरमा खाद्य संकटमा परेका सात परिवारलाई खाद्यान्न सहयोग गरेको छ । संस्थाले स्थापना दिवस तथा ४१ औँ सामाजिक सेवा दिवसको अवसर पारि विहीबार मन्थलीमा बस्ने खाद्य संकटमा परेका सात परिवारलाई प्रतिपरिवार एक बोरा चामल, दुई किलो दाल, एक किलो नुन र एक लिटर तेल र मन्थलीमा संचालित महिला सुरक्षा गृहलाई तीन बोरा चामल प्रदान गरिएको सामुदायिक विकास समाज मन्थलीका कार्यकारी निर्देशक मिलन कुमार घिसिङले जानकारी दिनुभयो । कार्यकारी निर्देशक घिसिङले संस्थामा सहयोगका लागि आवेदन दिएका खाँडादेवी वडा नं ६ का मृगौला पीडित कविन्द्र घिसिङलाई पाँच हजार, दोरम्वा गाउँपालिका वडा नं ३ का नशाका विरामी प्रलाद खड्कालाई दश हजार , दोरम्वा गाउँपालिका वडा नं २ का हातको उपचारगराइरहेका श्यामलाल विकलाई पाँच हजार नगद उपलव्ध गराउने निर्णय गरिएको पनि जानकारी बताउनुभयो ।