१ जना कोरोना संक्रमितको मृ,त्यु

  • प्रकाशित मिति: आइतबार, असोज ४ २०७७
  • तामाकोशी

४ असोज, रुपन्देही । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृ,त्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नंं। २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार राति मृ,त्यु भएको हो ।

योसँगै बाँकेमा १० जना कोरोना संक्रमितको मृ,त्यु भएको छ । गत भदौ २० गते साँझ अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । प्लाज्मा थेरापीबाट उपचार गरिएका उनको अवस्था बिग्रिदै गएपछि शनिबारदेखि भेन्टिलेटरको सहायतामा उपचार जारी थियो ।



तर गएराति साढे ११ बजे उनको मृ,त्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए । उनमा दुवैतिरको फोक्सोमा निमोनिया देखिएको श्रेष्ठले बताए ।