रामेछापमा थप एक जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति: शनिबार, असोज ३ २०७७
  • तामाकोशी

रामेछाप । असोज ३ गते,
रामेछापमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले असोज १ गते मन्थली नगरपालिकाबाट स्वाब संकलन गरि पठाइएका ५२ जनामध्ये एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार संक्रमण पुष्टि हुनेमा लिखुतामाकोशी गाउँपालिका वडा नं ६ का ३९ वर्षका पुरुष छन् । यो संगै जिल्लामै स्वाब संकलन गरिएका संक्रमित हुनेको संख्या ५६ जना पुगेको छ । यसमध्ये ३७ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने संक्रमित १९ जनाको जिल्ला स्थित जिल्ला अस्पता रामेछाप, मन्थली प्राथमिक स्वास्थ्य केन्द्र र मन्थली नगरपालिकाको आइसोलेशनमा उपचार भैरहेको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बासोबास गर्ने ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।