काठमाडौं, ३ असोज । संविधान दिवस विविध कार्यक्रम गरी आज मनाइँदैछ । ३ असोज २०७२ मा संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभरि संविधान दिवस मनाइँउन लागिएको हो । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
सम्बोधनमार्फत उनले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिने भएकाले विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने जनाइएको छ ।