रामेछाप । भदौ २९ गते,
रामेछापको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले बन्दाबन्दीको अवस्थामा पनि बालबालिकाको भविश्य सुनिष्चित गर्ने वातावरण बनाउन सवैलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा सोमबार एक शुभकामना सन्देश मार्फत नगरपालिका प्रमुख बस्नेतले सरोकार राख्ने सबैलाई यस्तो आग्रह गर्नुभएको हो । आफ्नै फेसबुक मार्फत शुभकामना सन्देश दिदै नगरप्रमुख बस्नेतले विश्वमा माहामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बालदिवसमा कुनै औपचारिक कार्यक्रम नराखिएको जनाउनुभएको छ । उहाँले अनलाइन प्रविधि मार्फत बालबालिकाहरुलाई सहभागीता गराउँदै कविता आयोजना गरिएको कविता प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरुलाई धन्यवाद् समेत दिनुभएको । नगरप्रमुख बस्नेतद्धरा जारी शुभकामना सन्देशमा कोभिड १९ को महामारीले सात महिनादेखि विद्यालयहरु सञ्चालन हुन नसक्दा वृत्तिविकास रोकिएकोले घरभित्रै खुम्चिएर बस्नु परेको अवस्थामा उनीहरूको भविष्य सुनिश्चित गराउने वातावरण तयार गर्ने मुख्य जिम्मेवारी अभिभावक, जिम्मेवार निकायको भएकोले यसतर्फ विशेष ध्यान पुर्याउन हामी सबैले को साझा कर्तव्य हो भनिएको छ ।
राष्ट्रिय बाल दिवस २०७७ मा नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले जारी गर्नुभएको शुभकामना सन्देश हेर्नुहोस
