रामेछाप । भदौ २७ गते,
रामेछापमा पाँचजना प्रहरी सहित थप ६ जनामा कोरोना संक्रमण भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जिल्ला प्रहरीमा कार्यरत ५ जना पुरुष प्रहरी र मन्थली नगरपालिका वडा नं १ की एक महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार संक्रमण पुष्टि हुनेमा ८६ वर्षीय महिला र २७,४७ ३८, ३४ र २७ वर्षका पुरुष प्रहरी रहेका छन् । यो संगै जिल्लामै स्वाब संकलन गरिएका संक्रमित हुनेको संख्या ५५ जना पुगेको छ । जनस्वास्थ्य अधिकृत थापाले लक्ष्यण देखिएका ३ जना संक्रमितहरुलाई जिल्ला अस्पतालको आइसोलेशन र लक्ष्यण नदेखिएका तीनजना संक्रमितलाई मन्थली प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा राखेर उपचार गरिने बताउनुभयो । शनिबार संक्रमण पुष्टि हुनेहरुको भदौ २३ गते मंगलबार कोरोना परीक्षणका लागि स्वाब पठाइएको थियो ।
रामेछापमा पाँच प्रहरी सहित थप ६ जनामा कोरोना संक्रमण
- प्रकाशित मिति: शनिबार, भाद्र २७ २०७७
- तामाकोशी