रामेछाप । भदौ २६ गते,
रामेछापका २७ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । विभिन्न समयमा कोरोना परीक्षणका लागि स्वाब पठाइएका २७ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभएको छ । उहाँले हालसम्म १ हजार २ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको कोरोना संक्रमण पुष्टि भएका ४९ जना मध्ये ३७ जना कोरोनामुक्त भैसकेको बताउनुभयो । उहाँका अनुसार अहिले जिल्ला अस्पतालमा ७ जना ,होम आइसोलेशनमा ३ जना प्रहरी हिरासतको आइसोलेशनमा २ उपचार भैरहेको छ । हालसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ४ सय ३ , रामेछाप नगरपालिकामा १ सय ५१ , उमाकुण्ड गाउँपालिकामा १ सय ३४ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय १ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार ३ सय २९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये २७ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले १५ जना महिला र ४१ जना पुरुष गरि ५६ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म ९८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै विभिन्न स्थानमा बासोबास गर्ने महिला १२ जना र ४५ जना पुरुष गरि ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रामेछापका २७ जनाको पीसीआर रिपोर्ट आउन बाँकि, ५६ जना क्वारेन्टीनमा
- प्रकाशित मिति: शुक्रबार, भाद्र २६ २०७७
- तामाकोशी