रामेछाप । भदौ २० गते,
रामेछापका ३७ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । विभिन्न समयमा कोरोना परीक्षणका लागि स्वाब पठाइएका ३७ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभएको छ । उहाँले हालसम्म १ हजार १ सय ६४ जनाको रिपोर्ट नेगेटिभ आएको र कोरोना संक्रमण पुष्टि भएका ४३ जना मध्ये ३३ जना कोरोनामुक्त भैसकेको बताउनुभयो । उहाँका अनुसार अहिले जिल्ला अस्पतालमा ५ जना ,मन्थली नगरपालिकामा १ जना र रामेछाप नगरपालिकाको ४ जना गरि १० जना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । हालसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ३ सय ५४ , रामेछाप नगरपालिकामा १ सय ५१ , उमाकुण्ड गाउँपालिकामा ६५ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय १ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार २ सय ४४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये शनिबार स्वाब संकलन गरिएका उमाकुण्ड गाउँपालिकाका ३३ जना सहित ३७ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ३ जना महिला र १२ जना पुरुष गरि १५ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १ सय १४ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै विभिन्न स्थानमा बासोबास गर्ने महिला ११ जना र ३३ जना पुरुष गरि ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रामेछापका ३७ जनाको पीसीआर रिपोर्ट आउन बाँकि, थप ३३ जनाको स्वाब संकलन
- प्रकाशित मिति: शनिबार, भाद्र २० २०७७
- तामाकोशी