गायक तथा संगीतकार राजेन्द्र भट्ट”मिस्टर आरजे”अर्को सफलता,”मुना”युटुब ट्रेडिङमा

  • प्रकाशित मिति: शनिबार, भाद्र २० २०७७
  • तामाकोशी

काठमाडौं(पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेको छ । लगानी अनुसार आम्दानी हुँदै नभए पनि लगानी गर्ने जमात कमि भने छैन । आउदै गरेको दशैको शुभकामना सहित गायक तथा संगीतकार राजेन्द्र भट्ट मिस्टर आरजेको संगीतमा नवराज कलाउनिको शब्द सृजनामा ‘मुना’ बोलको गति सार्वजनिक भएको छ । राज खुम्बु,सुजाता बर्मा,राजेन्द्र भट्ट मिस्टर आरजेको स्वरमा रहेको छ छ भने गीतमा राजेन्द्रले र्याप भरेका छन् ।

राजेन्द्र भट्टका हरेक सृजना उत्तिकै लोकप्रिय छन् । यो “मुना”गित सार्वजनिक भएको २४ घण्टा नबित्दै निकै नै भाईरल बनेको छ । अझै भन्ने हो भने युटुब ट्रेडिङ १० मा आईसकेको छ । यो न्युज तयार पार्दासम्म ३ लाख ३५ हजार भन्दा माथि दर्शक स्रोताको नजरमा परिसकेको छ ।



म्युजिक भिडियोलाई निर्देशक शान्न थापाको निर्देशन गरेका छन भने अर्जुन तिवारीको टिमले छायाँकन गरेका छन् भने भिडियो सम्पादन भने सुप्रिम पराजुलीले गरेका छन् । आशा छ यो गितले पनी बिगतका गित झैँ चर्चा पाउने छ । म्युजिक नायक नाजिर हुसेन, नायिका स्वस्तीमा खड्का, र मोडल रियासा दाहालको डान्स तथा अभिनय रहेको छ । गीतमा राजेन्द्र लगाएत अन्य कलाकारलाई पनि देख्न सकिन्छ ।