रामेछापमा पाँच प्रहरी सहित थप ६ जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति: शुक्रबार, भाद्र १९ २०७७
  • तामाकोशी

रामेछाप । भदौ १९ गते,
रामेछापमा पाँचजना नेपाल प्रहरी सहित थप ६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । जिल्लाबाट विभिन्न समयमा स्वाब संकलन गरि परीक्षणका लागि पठाइएका पाँचजना प्रहरी र एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत २५,२५,३९,४३ र ४५ वर्षका पाँचजना पुरुष प्रहरी र तामाकोशी अस्पतालमा कार्यरत ५२ वर्षीया महिला कर्मचारी रहेका छन् । यो संगै जिल्लाबाट स्वाब पठाइएका ४३ जनामा कोरोना संक्रमण भएको छ । यसमध्ये ३३ जना कोरोना मुक्त भैसकेका छन् ।