रौतहट – पुजारी ह/त्यामा संलग्न रहेको आ/रोपमा प्रहरीले बुधबार दुई जनालाई सार्वजनिक गरेको छ। ह/त्यामा संलग्न रहेको आ/रोपमा रौतहटको देवाहि गोना नगरपालिका( १ करुनियाका ३६ वर्षीय नरेश पटेल र २८ वर्षीय बालकुमार पटेललाई सार्वजनिक गरेको छ। प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुलाई बिहान १० बजे रौतहटको बौधिमाइ नगरपालिका( ७ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ। राम नरेश पटेलले क/टुवा पेस्तोलले गो/ली प्र/हार गरेको र बाल कुमारले बाटोमा बसेर मानिसको आवतजावत हेरेको प्रहरीले जनाएको छ।
राम नरेशले पुजारीसँग व्याजमा पैसा लिएको त्यस विषयमा विवा/द रहेको, मन्दिर नजिकै रक्सि पसल रहेको रक्सी से/वन गरी उनीहरुले वि/वाद गर्ने गरेको, मन्दिरको धारामा हात धुने विषयमा वि/वाद भएको, गाउँमा विभिन्न बिषयमा छलफल हुँदा पुजारीले फरक मत राख्ने गरेकोले ह/त्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य फरार रहेको खोजी भइरहेको प्रदेश २ प्रहरी प्रवक्ता डिएसपी अंशुकुमार सिंहले जनाएका छन्। प/क्राउ परेकाहरु माथि अनुसन्धान गर्न १० दिनको म्याद थप गरिएको छ। अन्नपूर्ण पोष्टमा लेखिएको छ ।
रौतहटको माधवनारायण नपा( २ खेसरहियाटोलस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको भदौ ३ गते राति गोली हानी ह/त्या भएको थियो। राति करिव ९ बजे खाना खाइरहेको अवस्थामा साहको कन्चटमा गोली हानेर ह/त्या गरिएको थियो।
प्रहरीले बुधबार बिहान १० बजे बोधिमाई नपाको बंकुलबाट उनीहरुलाई प/क्राउ गरेको जनाएपनि केहिदिन अघि भारतको बिहारबाट भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई प/क्राउ गरी नेपाल ल्याएको सार्वजनिक भएको थियो।