रामेछाप । भदौ १७ गते,
रामेछाप स्थायी घर भै काठमाडौंका विभिन्न अस्पतालहरुमा स्वाब दिएका थप तीन जनामा कोरोना भाइरस कोभिड १९ पुष्टि भएको छ । बुधबार काठमाडौंमा स्वाब दिएका एक महिला र दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित हुनेहरुमा मन्थली नगरपालिकाका २४ र २७ वर्षका पुरुष र ६४ वर्षकी महिला छन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाका अनुसार अहिलेसम्म रामेछाप स्थायी घर भै विभिन्न स्थानमा बासोबास गर्ने महिला ९ जना र २९ जना पुरुष गरि ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार हालसम्म जिल्लाबाट स्वाब परीक्षणका लागि पठाइएका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ३३ जना कोरोनामुक्त भैसकेका छन् ।
काठमाडौंमा स्वाब दिएका रामेछापका थप तीन जनामा कोरोना पुष्टि
- प्रकाशित मिति: बुधबार, भाद्र १७ २०७७
- तामाकोशी