दशैको मुखैमा रुवाईन सबैलाई विष्णु माझीले”पिडा र छटपटीमा”

  • प्रकाशित मिति: मंगलबार, भाद्र १६ २०७७
  • तामाकोशी

काठमाडौं -दुख सुख पिडामा जोडिएको नाम हो बिष्णु माझि उनका हरेक सृजना उत्तिकै मार्मिक र मन छुने बनेर आएका हुन्छन । गित भन्दा पनि गायिका माझीको स्वरमा नै जादु रहेको छ । लामो समयको प्रखाई पछी लोकसंगितको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाईसकेकी गायीका बिष्णु माझी र तेजस रेग्मीको स्वरमा यस वर्षको फेरि अर्को सुपरहिट दशैँ गित”जमरा नछरे”बोलको गीत S3K Entertainmentको अफिसियल युटुब सार्वजनिक भएको छ ।



हरेक वर्ष हरेक सिजनमा बिष्णु माझीको स्वरमा रहेका गीतको प्रखाई रहेका हुन्छन दर्शक स्रोता माझीका गित सुन्न आतुर भएकै बेला यो गित धेरै समय पछी आज सार्वजनिक भएको हो । सतिश अधिकारीको शब्द सृजनामा रहेको गित लामो समयदेखि म्युजिक भिडियो देखि चलचित्र क्षेत्रमा ख्याति प्राप्त चर्चित निर्देशक तथा कोरियोग्राफर देबेन्द्र कुँवरको निर्देशनमा रहेको म्युजिक भिडियो प्रकाश खडकाले छायांकन गरेका हुन् राजेश कुमारले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा ख्याती प्राप्त मोडल सारिका केसी समुन्द्र पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् ।