रामेछापमा कुकुर आ^तंक: मन्थलीमा शनिबार बिहानै ११ जनालाई टो^क्यो

  • प्रकाशित मिति: शनिबार, भाद्र १३ २०७७
  • तामाकोशी

रामेछाप । भदौ १३ गते,
रामेछापमा कुकुर आ^तंकका कारण सडकमा पैदल हिड्नेहरुलाई समस्या भएको छ । मन्थली बजार क्षेत्रमा रहेका छाडा कुकुरको सम्बन्धित निकायले समयमै व्यवस्थापन गर्न नसक्दा एकैदिन ११ जना भन्दाबढी मानिसहरु कुकुरको टोकाई बाट घाइते भएपछि बजारनै त्र सित बनेको छ । सदरमुकाम मन्थली बजारमा शनिबार बिहानै ११ जना भन्दा बढि मानिस कुकुरको टोकाईबाट घाइते भएका हुन् । कुकुरले सडकमा मागेर जीवन चलाई रहेकालाई समेत टोकेर घाइते बनाएको छ । जिल्लामा पछिल्लो समय कुकुरको टोकाईबाट घाइते भएका बिरामी दैनिक बढ्दो मात्रामा छ । मन्थलीमा संचालित प्राथमिक स्वास्थ्य केन्द्रमा साउनदेखी भदौ महिनाको १३ गते बिहानसम्म कुकुरले टोकेका ७५ जना भन्दा बढी बिरामी आएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेब कौषल थापाका अनुसार शनिबार बिहान मात्रै कुकुरले टोकेका ११ जना बिरामी उपचारका लागि आएका छन् । कुकुरले टोकेपछि उपचारका लागि आएका अधिकांस बिरामीलाई एन्टिरेबिज भ्याक्सीन लगाएर इनोग्लोबिन भ्याक्सीन लगाउन काठमाडौं पठाउने गरेका छौं उहाँले भन्नुभयो । मन्थली नगरपालिका पशु सेवा शाखाका प्रमुख मुकुन्द खड्काले कुकुरको टोकाईबाट घाइते हुने मानिसको संख्या दैनिक बढीरहेको र कुकुरको टोकाईबाट एकसय भन्दा बढी चौपाय मरिसकेको बताउनुभयो । उहाँले छाडा कुकुरको सङ्या नियन्त्रणका लागि समय समयमा बन्ध्याकरण गर्ने रेबिज विरुद्धको सुई लगाइएको भएपनि खासै नियन्त्रणमा आउन नसकेको बताउनुभयो ।अहिले पनि संख्या नियन्त्रणका लागि बन्ध्याकरण गर्ने , रेबिज विरुद्धको भ्याक्सीन लगाउनका लागि शिविरनै संचालन गर्ने र समुदय स्तरमा जनचेतनामुलक कार्यक्रम संचालन गर्ने पशु सेवा शाखाको योजना रहेको उहाँको भनाई छ । बजारक्षेत्रमा कुकुर मानिसलाई टोकेर आ^तंक मच्याएको बारे बोल्दै खड्काले यसलाई तत्काल नियन्त्रण गर्ने सम्भावना कम भएपनि आवश्यक कदमका लागि सरोकारवालासंग समन्वय र छलफल भैरहेको बताउनुभयो ।