स्थानीय र प्रहरीबीच झडप : गोली लागेर एकको मृ$त्यु

  • प्रकाशित मिति: बुधबार, भाद्र १० २०७७
  • तामाकोशी

झापा – झापा गाउँपालिका(३ को कामाटोली बजारमा गोली चल्दा १ जनाको मृ!त्यु भएको छ । स्थानीयले सुरक्षाकर्मीमाथि आक्र मण गरेपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले चलाएको गोली लागेर कामाटोलीका ३८ वर्षीय रमिकुल आलमको मृ त्यु भएको हो। घाइते आलमको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारको क्रममा बुधबार साँझ सवा ७ बजे मृ$त्यु भएको हो । स्थानीयले गोरु काटेको सूचना पाएर प्रहरी घ$टनास्थलमा पुगेको थियो। प्रहरीले स्थानीयलाई पक्राउ गर्न जाँदा झडप भएको थियो। अन्नपूर्ण पोस्टमा लेखिएको छ ।

प्रहरीको टोलीले काटिएको गोरुको टाउको र खुट्टा बरामद गरेर फर्कने क्रममा स्थानीय आक्रोशित भएर प्रहरीमाथि आक्रमण गरेपछि झ$डप भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए। स्थानीयको आक्रमणपछि थप प्रहरी टोली घटनास्थलमा गएको थियो। सयौँको संख्यामा स्थानीयले टायर बालेर प्रहरीमाथि आ$क्रमण गरेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा स्थानीय एकजनाको मृ$त्यु भएको प्रहरीको भनाइ छ।



प्रहरीको गोली लागेर एकको मृ$त्यु भएपछि कामाटोली बजार तनावग्रस्त रहेको झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले जानकारी दिए ।