रामेछाप । भदौ १० गते,
रामेछाप जिल्लाकाका १ सय ९ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । बुधबार जिल्ला अस्पतालबाट स्वाब संकलन गरिएका १ जना , मन्थली नगरपालिकाका १ जना , दोरम्बा गाउँपालिकाका ६ जना र लिखुतामाकोशी गाउँपालिकाका ४० जना गरि १ सय ९ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभएको छ । उहाँले यसअघि विभिन्न समयमा स्वाब संकलन गरि पठाइएका ५५ जनाको बुधबार नेगेटिभ रिपोर्ट आएको बताउनुभयो । उहाँका अनुसार बुधबार नेगेटिभ रिपोर्ट आएका ५५ सहित जिल्लामा हालसम्म ९ सय ८३ जनाको रिपोर्ट नेगेटिभ आएको र कोरोना संक्रमण पुष्टि भएका ३३ जना मध्ये ३१ जना कोरोनामुक्त भएका छन् । अहिले मन्थली नगरपालिकाको आइसोलेशनमा २ जना संक्रमितको उपचार भैरहेको छ । हालसम्म जिल्ला अस्पतालमा ८० , रामेछाप सामुदायिक अस्पतालमा ४९ जना , मन्थली नगरपालिकामा ३ सय २६ , रामेछाप नगरपालिकामा १ सय २० , उमाकुण्ड गाउँपालिकामा ६५ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा १ सय ९२ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ५७ जना गरि १ हजार १ सय २५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये १ सय ९ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले १ जना महिला र १४ जना पुरुष गरि १५ जना क्वारेन्टिनमा रहेका छन् । मंगलबार मन्थली नगरपालिकाका ६ जना क्वारेन्टिनबाट फिर्ता भएका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १ सय ४ बेडको आइसोलेशन कक्ष र ५सय बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
रामेछापका १ सय ९ जनाको पीसीआर रिपोर्ट आउन बाँकि, थप ४८ स्वाब संकलन
- प्रकाशित मिति: बुधबार, भाद्र १० २०७७
- तामाकोशी