आफ्नै बुवा माथि अन्धाधुन्ध खुकुरी प्र$हार गरि फरार भएका खम्बसिंह परियार प क्राउ

  • प्रकाशित मिति: सोमबार, भाद्र ८ २०७७
  • तामाकोशी

दयपुर स् आफ्नै बुवासहित दुईजनालाई खुकुरी प्रहार गरी वेपत्ता भएका उदयपुरको रौतामाई गाउँपालिका ७ पाखाटोलका २६ वर्षीय खम्बसिंह परियारलाई प्रह रीले आइतबार प क्राउ गरेको छ । शुक्रबार राती करिब १० बजे घरमा धामीझाक्री राख्ने क्रममा वि वाद उत्पन्न भएपछि ५८ वर्षीय बुवा गंगाबहादुर परियार र त्रियुगा नगरपालिका ७ ज्यामिरेका ५५ वर्षीय धामी जुद्धबहादुर मगरलाई खुकुरी प्र हार गरी परियार वेप त्ता भएका थिए । अन्नपूर्ण पोस्टमा लेखिएको छ ।

म दिरा सेव न गरी घर पुगेका परियार र बुवाबीच भनाभन भएपछि खुकुरी निकाली अन्धाधुन्द प्र हार गरेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले बताए । खुकु री प्रहारबाट गंगाबहादुरको टाउको, कुममा र जुद्धबहादुरको गर्धनमा गहिरो चोट लागेको एसपी दाहालले बताए । गम्भीर अवश्थामा रहेका दुबैको विराटनगरस्थित गोल्डेन अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।



घटना लगत्तै फरार रहेका उनलाई प्रहरीले पाखोटोलको जंगलमा लुकिछिपी बसेको सूचनाका आधारमा घेरा हालेर प क्राउ गरिएको एसपी दाहालले बताए । प क्राउ परेका परियारलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।