रामेछाप । भदौ ३ गते,
रामेछाप सदरमुकाम मन्थली बजारका २ व्यापारीलाई जिल्ला प्रशासनले जरिवाना गरेको छ । बुधबार बजार अनुगमनका क्रममा अटेर गर्ने दुई व्यापारीलाई प्रशासनले जरिवाना गरेको हो । मन्थली बजारमा संचालित अनमिका खाद्य स्टोर्सले म्याद नाघेको सडेगलेको तथा लेवल नखुलेको बिभिन्न खाद्य सामाग्री बिक्रि गरेको पाइएकोले अनुगमनरु २० हजार रुपैयाँ र गणेश टायर सेन्टरले अनुगमन टोलीलाई खरिद तथा बिक्रि बिल बिजक माग गरेको बखतमा उपलब्ध नगराएकाले १० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकिय अधिकृत रामप्रसाद भट्टराइले जानकारी दिनुभयो । उहाका अनुसार–जिल्ला सदरमुकाम मन्थलीमा रहेका पसलहरु मध्ये १७ वटा खाद्यान्न तथा किराना पसलहरु, एक÷एक वटा डेरी, बेकरी उद्योग र फलफुल तथा तरकारी पसल,२ वटा हार्डवर पसल,४ वटा होटलहरु सहित २६ वटा पसल तथा होटलहरु अनुगमन गरिएको छ । उक्त पसलहरु मध्ये आरडि कोल्ड स्टोर्स, अनमिका स्टोर्स, मन्थली कोसेलीघर,सूर्य कोल्ड स्टोर्स एण्ड सप्लायर्स,कार्की स्टोर्स एण्ड सप्लायर्स,भटौली भोजनालय,लक्ष्मी स्टोर्स एण्ड सप्लायर्स,शुभलक्ष्मी हार्डवयर,एस.आइ स्टोर्स,श्रेष्ठ किराना पसल,तामाकोशी सप्लायर्स,नागदह भोजनालय एण्ड लज,उमाकुण्ड खाद्य स्टोर्स,एस के किराना पसल लगाएतका १४ वटा पसल तथा होटलहरुमा बिक्रिकालागि राखिएको म्याद गुज्रेका अखाद्य बस्तुहरु बरामद गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृृत दाहालले जनाकारी दिनुभयो ।
प्रशासनलाई नटेर्ने मन्थली बजारका दुई व्यापारीलाई कारवाही
- प्रकाशित मिति: बुधबार, भाद्र ३ २०७७
- तामाकोशी