कल्पना का-ण्ड पछी पुष्पा का-ण्ड ! प्रेमी–प्रेमिकाको भिडन्तमा प्रेमीको ज्या न गयो

  • प्रकाशित मिति: आइतबार, साउन ३२ २०७७
  • तामाकोशी

काठमाडौं, ३२ साउन । आफ्नै श्रीमती र पूर्वप्रेमिकाले ग्याङ खडा गर्दा मनमैजुमा नुवाकोटका एक युवाले ज्या न गुमाएका छन । शुक्रबार राति भएको उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीले लक्ष्मण तामाङको ज्या न जानमा श्रीमती सोनु श्रेष्ठ र पूर्वप्रेमिका पुष्पा पन्तले तयार पारेको ग्याङ नै मुख्य रहेको बताएको छ । उक्त घ टनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार दुवै महिलाले ग्याङ खडा गरेर झगडा गर्दा तामाङको ज्यान गएको देखिन्छ ।

प्रहरीले उक्त घ टनाका मुख्य अभियुक्त दोलखाका आङदोर्जे शेर्पालाई पक्रा उ गरेपछि उक्त रहस्य बाहिर आएको छ । प्रहरीका अनुसार शुरुमा मृ तक तामाङकी श्रीमती सोनु र तामाङकै पूर्वप्रेमिका पन्तबीच झगडा भएको र दुवै समूह आ–आफ्नो शक्ति देखाउन भाडामा केटाहरु ल्याएर झगडा गर्दा उनको ज्यान गएको हो । सोनुले पुष्पासँग बदला लिन शुक्रबार श्रीमान् लक्ष्मण र भाइ समीर लक्ष्मणका दाइ शंकरलाई समेत बोलाएर ल्याएपछि पुष्पाले पनि शेर्पासहितको केटाहरुलाई पैसा दिएर आक्र णम गराउन लगाएको देखिएको उक्त घट नाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाका एक अनुसन्धान अधिकृतले जानकारी दिए ।



‘लक्ष्मणकी पूर्वप्रेमिका पुष्पाले पनि भाडामा शेर्पासहित दिनेश तामाङ र रविन तामाङलाई घ टना भएको ठाउँमा बोलाएको देखिन्छ’ –ती अनुसन्धान अधिकृतले भने ।‘दुई समूहबीच झड प भएपछि श्रीमती छुट्याउन गएका लक्ष्मणमाथि शेर्पाले च क्कु प्र हार गरेको र उनको पेटमा च क्कु लागेपछि ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा मृ त्यु भएको देखिन्छ’ –ती अधिकृतले भने । झडपमा परी सोनु, मृ तक लक्ष्मणका दाइ शंकरसमेत घाइ ते भएका थिए । पुष्पाले भाडामा ल्याएकी दिनेश तामाङ समेत उक्त घट नामा परी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

मनमैजुको मितेरी पुल नजिकै भएको उक्त काण्डमा संलग्न रहेको आशंकामा प्रहरीले ४ युवालाई पक्राउ गरी बयान लिँदा उक्त रहस्य बाहिर आएको एसएसपी थापाले जानकारी दिनुभयो । प्रहरीले लक्ष्मणकी श्रीमती सोनु र पूर्वप्रेमिका पुष्पालाई समेत पक्राउ गरेर सोधपुछ गरिरहेको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।