”बोको”शब्द अश्लील हो जस्तो लाग्दैन,म क्षमा चाहान्छु-कमल बिसी माल्दाई

  • प्रकाशित मिति: बुधबार, साउन २८ २०७७
  • तामाकोशी

काठमाडौं,नेपाली लोक संगीतमादिन प्रतिदिन नयाँ नयाँ गित सार्वजनिक भईनै रहेका छन्  । नयाँ पुस्ताले ‘सरगम’ नै सिकेन, संगीत पढेन, भन्ने तारो ‘सुगम’वालाहरूले हान्ने गरेका छन् । नयाँ पुस्ताले संगीतमा ‘विकृति ल्यायो’ भन्ने भ्रम परेको छ । के बुझौँ भने ‘ज्ञान’त यस्तो भ्रम हो कि त्यसले बन्दी मात्रै बनाउँछ खुला आकाशको पाठ सिक्न पनि जरुरि छ । हामि भन्दा धेरै अगाडिका अग्रज पुस्ताले पनि गित गाए गएर आए तर वहाहरुलाई साधना चाईएँन । गीत–संगीत त प्रकृति मै थियो, छ, पछि मात्रै ‘सरगम’ बनाइएका हुन् जस्तो लाग्छ तर सिक्ने हुदैन भन्ने मेरो मान्याता पनि हैन । बजारसित भिड्ने मिहिनेत, आत्मविश्वास छ भने ‘सातै स्वर, सुर’को रटान पनि गरिरहनु पर्दैन । मानिस त गतिशील हुन्छ, उसले के–के खोज्छ, खोज्छ नि ! सबभन्दा बढी व्यंग्य रुचाउने र प्रतिक्रिया दिने स्वभाव छ हामीमा । नेपाली संगीतको दुनियाँले त झनै अहंकार,भ्रम र बिचौलिया बिच उभिरहेको छ तर यो पाठ पहिलेदेखि नै सिकेका हुन् र सिक्दै आएका छौ ।

हामीले नै मानक मानिदिएका संगीतहरू पनि कतै न कतै हृदयको आवेगबाटै आएका थिए । गित संगित बनाउने कुनै घरको जग हाले जस्तै हैन । आफैमा आफ्नोमा भर पर्ने कुरा हो । जुनसुकै बेला पनि जस्तो सुकै गित फुर्नसक्छ तर समालिएर प्रस्फुटन गर्न भने ध्यान भने पक्कै दिनु पर्छ । प्रत्येक मान्छेको हृदयमा संगीत हुन्छ । त्यही संगीतले चाहिँ मान्छेलाई बाँच्न प्रेरित गर्छ । ‘चेतना’ले जागरुक बनाउँछ र त्यो चेतना संगीतमा सिर्जना हुँदा सङ्लो पहिचान बन्छ । हावा,आँधी, हुरी,समुद्रमा आएको छालले, आँधीले विनाश मात्र गरेका छैनन्, नयाँ शैली निर्माण पनि गरेका छन् । मेरो बिचारमा सांगीतिक क्षेत्रमा मात्रै नभएर हरेक क्षेत्रमा फाटो आउने र दुई अर्थी शब्द प्रयोग गर्नु राम्रो होईन । गर्दै जादा ठोकिन पुगिन्छ तर यसलाई अन्नेथा लिनु पर्छ भन्ने म ठान्दिन किनकि पहिलो कुरा स्कूल जानु भन्दा पुर्व यात परिक्षा दिनु भन्दा पुर्व अभिभावकले राम्रो ज्ञान दिएको हुनु पर्छ र पोत उसले राम्रो शिक्षा पाउछ र दर्साउछ । म पढेको पाठशाला कतै त्यहि पो होकी जस्तो लाग्छ । अभिभावकले सिकाएका हुन् मैले सिको गरेको हु तर धार भन्दा बाहिर म गएको जस्तो लाग्दैन ।



पछिल्लो समय तिज ब्याटल गित मार्फत निकै चर्चामा आएका युवा गायक कमल बिसि माल्दाईले साङ्गितिक क्षेत्रमा खुट्टा तान्नेहरुको भिड नै भएको बताएका छन । अन्य क्षेत्र भन्दा गित संगीत क्षेत्रमा आफ्नै नजिकका साथिभाई र कलाकारहरुले नै खुट्टा तान्ने गरेको गुनासो गायक बिसिले गरेका हुन । यस बर्ष तिज ब्याटल गित बजारमा आएपछि ताली र गाली उत्तिकै पाएका गायक बिसिले कतिपय शुभचिन्तकहरुको सुझाबलाई मनन गर्दै नेपालि गित संगीत क्षेत्रलाई अझै फराकिलो बनाउन आफू लागिपर्ने प्रतिबद्धता जनाएका छन । नेपालि गीतसंगीतमा दोहोरो शब्द लाग्ने गित संगीत न आएका पनि हैनन् । केहि समय देखि अहिलेसम्मका गीतसंगीत केलाएर हेर्ने हो भने अझै त्यस्ता संगीत छन् जुन सगीत घरपरिवारको जमघटमा बसेर हेर्न र सुन्न नसकिने पनि छन् । नेपालि संगीतको ईतिहास पल्टाउने हो भने केहि वर्ष यता नेपालि गित संगीतमा वि कृति भने पक्कै आएको हो त्यो कुरा म स्वकार छु र अग्रज कलाकारले पनि स्विकार्न सक्नु पर्छ ।

”बोको”नाम गरेर ल्याईएको तिज ब्याटल अश्लील शब्द हो जस्तो मलाई लाग्दैन । सामान्या भाषामा बोलिने कुरा हो यो शब्द ।अग्रजकलाकार,दर्शकस्रोता शुभचिन्तकहरुको सुझाबलाई मनन गर्दै ”बोको” शब्दले गर्दा नराम्रो भएको हो भने म क्षमा चाहान्छु । सुरुवात मबाट गर्छु । विकृति राम्रो चिज होईन । गित संगीतमा विकृति आएको होईन ल्याईएको हो । मौलिकता लोप भयो भने हाम्रो संस्कृतिको एउटा पाटो नै उजाडिन्छ मलाई थाहा छ । कला क्षेत्रमा नाम कमाउन र चर्चा कमाउन मात्र ठूलो कुरा होईन । पश्चिमी संस्कृतिले मौलिक कला, संस्कृतिमा असर भने पक्कै पुर्याएको हो तर टिपिकल सामान्या गाउँघरमा बोलिने शब्दलाई गित संगीतमा ढाल्दा फरक त पर्दैन होला ।

सानो साङ्गितिक बजार रहेको नेपाली संगीत बजारमा एकले अर्कोलाई साथ, सहयोग हौसला दिने भन्दा पनि कमजोरी पत्ता लगाएर गिराउने खेल खेल्ने गरेको उनले बताएका छन ।चन्द्रदेव खडकाको शब्द रहेको गीतमा गायक बिसि सहित गायिका सर्मिला रायमाझीले स्वर रहेको छ । s3k entertainment बाट बजारमा आएको ब्याटलमा गायक गायिका सहित जिबि चिरन ( चिरञ्जीवी सापकोटा),लोमस शर्मा, रितु तामाङ,रबिना अधिकारी,समुन्द्र पौडेल, समुन्द्र वाग्ले र मनिसा पोख्रेलले अभिनय गरेका छन ।